रतुवामाईमा मेयर कप फुटवल ,उद्घाटन खेलमा वडा नं. ७ विजयी


रतुवामाई । मोरङको रतुवामाई नगरपालिकामा आजदेखि सुरु भएको दोश्रो मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ७ विजयी भएको छ । नगर युवा तथा खेलकुद समिति रतुवामाईको आयोजनामा रतुवामाई ७ स्थित सिजुवाको खेल मैदान सुरु भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ८ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं. ७ विजयी भएको हो ।

प्रतियोगिताको आज मेयर रविन राईले उद्घाटन गर्नुभयो । उहाँले उद्घाटन गर्दै खेलकुदको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो प्रतियोगितामा उपाधि विजेता हुने टिमले एक लाख १ हजार र उपविजेता टिमले ५१ हजारसहित ट्रफि, मेडल प्राप्त गर्ने समितिका सचिब सुजित जैसवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्