उर्लाबारीमा अनेरास्वबियुको हाजिरी जवाफ प्रतियोगिता


उर्लाबारी । विद्यार्थी संगठन अनेरास्वबियु उर्लाबारी नगर कमिटीले अन्तर मावि विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । हाम्रो साकोसको सभाहलमा आयोजित प्रतियोगितामा नगरका ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उर्लाबारी – २ स्थित सुनपकुवा मावि प्रथम भएको थियो । यस्तै लक्ष्मी मावि द्धितिय, अरनिको मावि तृतिय, राधिका मावि चौथो, दुर्गा मावि पाँचौ र सार्वजनिक मावि छैठौँ भएको अनेरास्वबियु नगर अध्यक्ष भुवन मंग्रातीले जानकारी दिनुभयो । प्रथम हुनेलाई ट्रफीसहित, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । द्धितिय र तृतिय हुनेलाई पनि मेडल र प्रमाणपत्र साथै अन्य चोथो, पाँचौ र छैठौँ हुने टिमलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्