रतुवामाईमा भोलीदेखी मेयर कप फुटवल , उद्घाटन खेलमा वडा नं. ७ र ८ भिड्दै


रतुवामाई, १६ चैत । मोरङको रतुवामाई नगरपालिकामा भोलीदेखी दोश्रो मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । नगर युवा तथा खेलकुद समिति रतुवामाईको आयोजनामा आगामी चैत २६ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहनेछ । प्रतियोगिता रतुवामाई ७ स्थित सिजुवाको खेल मैदान हुनेछ ।

उद्घाटन खेलमा भोली वडा नम्बर ७ र ८ बीच प्रतिष्पर्धा हुने आयोजक नगर युवा तथा खेलकुद समितिका अध्यक्ष मंगलसिंह चोङवाङले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता हुने टिमले रु एक लाख १ हजार र उपविजेता टिमले रु ५१ हजारसहित ट्रफि, मेडल प्राप्त गर्ने रतुवामाई नगरपालिकाका मेयर रविन राईको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्