धान ब्लकका कृषकहरूलाई कृषि सामग्री वितरण


उर्लाबारी, १५ चैत । खैरेनी कृषक बहुउद्देश्य समूह उर्लाबारी ८ ले चैते धान ब्लकका कृषकहरूलाई कृषि सामग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा ल्याएको कृषी सामाग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरेश पोखरेल, बिशिस्ट अतिथी उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेबी भण्डारी,वडा नम्बर ८का अध्यक्ष कुलबहादुर कार्की प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय प्रमुख रामदेव सिंहले संयुक्तरुपमा कृषि सामग्री वितरण गर्नुभएको थियो ।

कृषकलाई ५३ लाख बराबरको मोटर बोरिङ ८ थान, पावर टिलर ३वटा, इलेक्टि्क काटा ५वटा, इलेक्टि्क स्पे १सय थान ,जैबिक मल५ सय ५७ बोरा, हर्बो केयर १५ सय केजी,त्रिपाल १०० थान, थ्रेसिङ फ्लोर ५थान, जिङ १हजार केजी लगायतका कृषि सामाग्री बितरण गरिएको ब्लकका अध्यक्ष विष्णु प्रसाद निरौलाले बताउनुभयो । उक्त समूहमा वडा नम्बर ८ का २सय ६ जना कृषक समूहमा आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्