खगेन्द्रप्रसाद – पद्म रत्न न्यौपाने छात्रवृत्ति वितरण


उर्लाबारी, १५ चैत । उर्लाबारीका व्यवसायी बिनोद न्यौपानेले आफ्ना आमाबुवाका नाममा स्थापना गर्नुभएको कोषमार्फत आज एक कार्यक्रम गरी छात्रवृत्ति वितरण गरिएको छ ।

दमक – १० स्थित सिंहदेवी माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति प्रदान गरिदै आएको छ । खगेन्द्रप्रसाद – पद्म रत्न न्यौपाने छात्रवृत्ति कोषले एक दशकदेखि वितरण गर्दै आएको छात्रवृत्तिलाई यो वर्ष पनि निरन्तरता दिएको हो ।

आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरूलाई विद्यालयमा नियमित उपस्थिति गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको हो । सो बिद्यालयका जेहेन्दार १४ जना विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको हो ।

कार्यक्रममा छात्रबृति कोषका संरक्षक खगेन्द्रप्रसाद न्यौपाने, कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद् अर्जुन राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधराज न्यौपाने, पूर्व अध्यक्ष अम्बिका खनाल लगायतले विद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी राईसहित, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, उर्लाबारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङ, उर्लाबारी जेसिजका अध्यक्ष तारानाथ दाहाल, दमक जेसिजका अध्यक्ष सन्दिप बराल लगायतले खगेन्द्रप्रसाद – पद्म रत्न न्यौपाने छात्रवृत्ति कोषले बितरण गर्दै आएको छात्रबृति वितरणको प्रशंसा गर्नुभएको थियो ।

उहाँहरुले यस कार्यक्रम सबैका लागि प्रेरणा बन्न सक्ने बताउनुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक उमेशप्रसाद पराजुलीले स्वागत मन्तव्य राख्दै छात्रबृतिका विषयमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्