स्थानीय तह निर्वाचन : उर्लाबारीमा करिब १० हजार नयाँ मतदाता थपिए


उर्लाबारी, १४ चैत । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दलहरुले आन्तरिक तयारीलाई तिब्र पारेका छन् । उर्लाबारीमा रहेका नेकपा एमाले, नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचन लक्षित अभियान तिब्र पारेका छन् ।

एमाले र काँग्रेसले टोल कमिटी गठन सकेर पार्टी कार्यकर्ता पंक्ति लिएर निर्वाचनमा होमिने अन्तिम तयारीमा जुटेको छ । निर्वाचन आयोगले मतदाताको अन्तिम विवरण सार्वजनिक गरिसकेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भन्द यसपटक २०७९ बैशाख ३० मा हुने निर्वाचनमा उर्लाबारीमा करिब १० हजार मतदाता थपिएका छन् । उर्लाबारीमा ५ वर्षको यो अवधिमा थपिएका युवा मतदाता नै निर्णायक हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा उर्लाबारीमा ३४ हजार २८८ मतदाता रहेका थिए भने यस पटकको निर्वाचनमा ४४ हजार २७२ मतदाता रहेका छन् ।

२०७४ साल असार १४ गते भएको निर्वाचनलाई फर्केर हेर्दा उर्लाबारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खड्ग फागो निर्वाचित हुनु भएको थियो । उहाँले ११ हजार ६३२ मत प्राप्त गर्नुभएको थियो भने नेकपा एमालेका भुपालसिंह जिमीलाई ३ हजार ९० मत अन्तरले पछि पार्नुभएको थियो । जिमीले ८ हजार ५४२ मत ल्याउनु भएको थियो । नेकपा माओवादी केन्द्रका राजेन्द्र पौडेलले १ हजार ९७९ मत ल्याउन भएको थियो । उहाँ अहिले नेकपा एमाले प्रवेश गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्