लालपुर्जाका लागि निस्सा वितरण गर्ने रतुवामाई पहिलो पालिका


रतुवामाई । मोरङको रतुवामाई नगरपालिका लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गर्ने पहिलो पालिका भएको छ । रतुवामाई नगरपालिका ४ नं वडाबाट निस्सा वितरण सुरु गरिएको हो ।
आइतबार एक कार्यक्रमका विच संघीय सांसद तथा पुर्व रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, प्रदेश सांसद शिवनारायण सिंह गनगाई, रतुवामाई नगर प्रमुख रविन राई , राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष सुशिला घिमिरे सहितको टोलीले निस्सा वितरण गरेको हो । पुर्जा वितरणको अन्तिम प्रक्रियाका लागि रतुवामाई नगरपालिकामा नापीको पनि काम सुरु भएको छ ।
नगरपालिकाका सुकुम्बासीहरुलाई द्रुत गतिमा काम गरेर चाडै लालपुर्जा वितरण गर्ने नगर प्रमुख रविन राईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्