राष्ट्रिय युवा संघ पथरी शनिश्चरे १० द्वारा विद्यालय रंगरोगन


पथरी शनिश्चरे, १४ चैत्र । राष्ट्रिय युवा संघ नेपाल मोरङ पथरी शनिश्चरे १० कमिटीले सोही वडामा अवस्थित जालपा सिंहदेवी आधारभूत विद्यालयको कक्षाकोठाहरूमा रंगरोगन तथा परिसरमा राष्ट्रिय झण्डा राख्ने कार्य सम्पन्न गरेको छ ।

‘विद्यालयको शैक्षिक स्थितिलाई भौतिक चिजवस्तुले पनि प्रभाव पार्ने भएकाले हामी सम्पूर्ण युवा कमिटीले शुक्रबार र शनिबार दुईदिन लगाएर विद्यालयको कोठाहरुको रंगरोगन, परिसर सरसफाइ तथा झण्डा राख्ने कार्य सम्पन्न गरेका हौं,’ राष्ट्रिय युवा संघ कमिटी १० का अध्यक्ष अनुप थापाले बताए । उनले भने, ‘हामी युवाहरु शैक्षिक क्षेत्रको उन्नयका लागि हरेक तवरबाट लाग्नु आवस्यक छ’ ।
सो कार्यको व्यवस्थापन राष्ट्रिय युवा संघ १० नं. वडा कमिटीले गरेको हो भने मुख्य सहयोग एमाले १० नं. पार्टी कमिटीले गरेको हो । अब, यहि आउँदो शनिबार १० नम्बर वडामै रहेको अर्को विद्यालय हिरक आधारभूतमा पनि रंगरोगन लगायतको कार्य गरिने पार्टी अध्यक्ष पर्वत थापाले बताए ।
सो कार्यको अवलोकन गर्न एमाले पार्टी जिल्ला सदस्य भगत थपलिया, राष्ट्रिय युवा संघ प्रदेश कमिटी सहसचिव मनि लुम्फुवा लिम्बू, वडा सदस्यहरू अनोज घिमिरे, मैनादेवी फुयल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन कटुवाल लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्