उर्लाबारीको निर्वाचन अधिकृतमा न्यौपाने


उर्लाबारी, १३ चैत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । यसै अनुसार उर्लाबारी नगरपालिकामा निर्वाचन गराउन आयोगले ओमकरप्रसाद न्यौपानेलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा रहनुभएका न्यौपानेलाई उर्लाबारीको निर्वाचन अधिकृत तोकिएको हो । आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्