पाँचौ भोजपुर अल्ट्रा ट्रेल रेसको उपाधि उमेश राईलाई


भोजपुर, १२ चैत । भोजपुरको पौवादुङ्मा गाउँपालिका – ५ सानोदुङ्मामा आयोजित पाँचौ भोजपुर अल्ट्रा ट्रेल रेस – २०७८ को उपाधि आम्चोक गाउँ वडा नम्बर १ निवासी उमेश राईले हात पार्नुभएको छ ।

५० किलोमिटरको अल्ट्रा रेस राईले ६ घण्टा ३० मिनेट ४७ सेकेन्डमा पार गरेका हुने । उपाधिसँगै राईले रु ५० हजार प्राप्त गरेको आयोजक मिरा राई फाउण्डेशनका कोषाध्यक्ष नुतन राईले जानकारी दिनुभयो । अल्ट्रा ट्रेल रेसमा देश तथा विदेशका गरी ३ सय बढीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका लागि १ नम्बर प्रदेश सरकार र पौवादुङ्मा गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने सह प्रायोजनमा किँरात राई सेवा समाज सानोदुङ्मा भोजपुर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्