उर्लाबारी ८ का ३१ एकल महिला र विपन्न परिवारलाई सुगुरको पाठा बितरण


उर्लाबारी, १२ चैत ।  उर्लाबारी नगरपालिका वडा नम्बर ८ ले सुगुरको पाठा वितरण गरेको छ । शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका ३१ जना एकल महिला र विपन्न परिवारका सदस्यहरुलाई सुगुरको पाठा बितरण गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आर्थिक रूपले बिपन्न र एकल महिलाहरूको जिविकोपार्जन लागि पाठा बितरण गरिएको बताउनु भएको छ ।

उहाँले वडाले बिगत ४ बर्ष देखि बितरण गर्दै आएको कार्यलाई निरन्तरता दिदै यस आर्थिक बर्षमा पनि डिउरो, ल्याण्ड ड्रेसजको र हेमसायर क्रस जातको सुँगुरको पाठा बितरण गरिएको वडा अध्यक्ष कुलबहादुर कार्कीले बताउनु भएको छ । बितरण गरिएको पाठाको समय समयमा अनुगमन गरिने, मृत्यु भएमा वडा कार्यालयमा जानकारी गराउन वडा अध्यक्ष कार्कीले आग्रह गर्नु भएको छ ।

कार्यक्रममा पाठासगै जुकाको अौषधी र लिवर ट्रनिक समेत बितरण गरिएको छ । कार्यक्रममा पशुपन्छी सेवा शाखाको सहजिकरण गरेको छ ।वडा अध्यक्ष कुलबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पशुपन्छी सेवा शाखा प्राविधिक बिष्णु भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्