उर्लाबारीमा एमालेलाई विजयी गराउन सुचना तथा सञ्चार विभाग योजनाबद्ध लाग्ने


उर्लाबारी, १२ चैत । आगामी निर्वाचनमा उर्लाबारीमा नेकपा एमालेलाई विजयी गराउन पार्टीको सुचना तथा सञ्चार विभाग योजनाबद्ध रुपमा लाग्ने भएको छ । आज उर्लाबारी – ३ स्थित पार्टी कार्यालयमा विभागलाई पुर्णता दिँदै अब आगामी निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन योजनाबद्ध रुपमा लाग्ने भएको हो ।

३ सदस्यीय विभागलाई बिस्तार गर्दै एक सय ३४ सदस्यीय बनाएको छ । नगर पार्टी कमिटीले बनाएको विभागको संयोजकमा मदन दाहाल, सहसंयोजकमा सुमन घिमिरे र सदस्यमा नवराज भट्टराई रहनुभएको छ । आज नगरका ९ वटै वडाका सक्रिय युवा एवम् बिद्यार्थी र सुचना सञ्चार क्षेत्रमा चासो राख्ने पार्टी कार्यकर्तालाई समेट्दै एक सय ३४ सदस्यीय नगर सुचना तथा सञ्चार विभाग बनाएको हो ।

भेलाले प्रत्येक वडामा एक जनालाई फोकल पर्सन समेत तोकेको छ । उर्लाबारी १ मा भुवन पराजुली, २ मा सक्षम भण्डारी, ३ मा सुमित थापा, ४ मा हरि खतिवडा, ५ मा सुजन चम्लागाई, ६ मा राज खत्री, ७ मा नितम चौहान, ८ मा इन्द्रप्रकाश निरौला र ९ मा गणेशमणि पौडेललाई फोकल पर्सन तोकेको हो । आज भएको भेलामा एमाले जिल्ला सदस्य उमाकान्त गौतम, मिना पौडेल, नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोला, उच्चस्तरीय राजनितिक संयन्त्रका सदस्य गंगा खरेल, प्रेस चौतारीका केन्द्रीय प्रतिनिधि मिलन के राउतले सुचना तथा सञ्चार विभागका सदस्यहरुलाई निर्देशन दिनु भएको थियो ।

उहाँहरुले आगामी निर्वाचनमा उर्लाबारीमा एमालेलाई विजयी गराउन आजैदेखी लागिपर्न पार्टीका सकारात्मक कुरालाई प्रचार गर्दै विपक्षीले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न निर्देशन दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता विभागका सदस्य नवराज भट्टराईको अध्यक्षतमा भएको थियो भने संचालन पार्टी नगर सचिव गोपाल रिमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्