स्वर्णलक्ष्मी सहकारीको १३ औँ स्थापना दिवस, रक्तदान तथा ज्येष्ठ शेयर सदस्य सम्मान


दमक, ११ चैत –  स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमकले १३ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । आज संस्थाको केन्द्रीय कार्यालय दमकमा रक्तदान तथा ज्येष्ठ शेयर सदस्य सम्मान लगायतका कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

संस्थाले २७ जना ज्येष्ठ शेयर सदस्यलाई दोसल्ला ओढाएर, सम्मान पत्र र मायाको चिनोले उनीहरुलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार ज्येष्ठ सदस्यहरु रामकृष्ण श्रेष्ठ, इन्द्रकुमार बजगाईँ, लिलाकुमारी लिम्बू, राधाकुमारी चम्लागाईँ, मुनमाया भण्डारी, डम्बरबहादुर बुढाथोकी, नरध्वज राई, रामपरिदेवी शाह, टंकबहादुर अधिकारी, कुलबहादुर खड्का, हर्कबहादुर डाँगी, इन्द्र रिमाल, नरमाया खड्का, कृष्णकुमारी सापकोटा, कमलपति खनाल, कृष्णमाया बस्नेत सम्मानित भएका छन् । यस्तै, खड्गप्रसाद ओस्ती, यमुनादेवी भण्डारी, पर्शुराम लुइटेल, तुलसादेवी निङ्लेखु, लक्ष्मीप्रसाद भट्टराई, हरिमाया पराजुली, सितलवती धामी, आनन्दकुमार सुब्बा, रामकेवल गोश्वामी, नर्वदादेवी काफ्ले र पदमबहादुर बस्नेतलाई सम्मान गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारीले स्थापना दिवसको अवसरमै दमक अनाथालयका १३ जना बालबालिकालाई स्कुल व्याग, स्टेशनरी सामग्री, २ बोरा चामल प्रदान गरेको छ भने बाल शैक्षिक बचत योजनामा उत्कृष्ट बचत गर्ने बालिबालिकालाई व्याग वितरण गरिएको छ । सोही अवसरमा मृगौला पीडित शेयर सदस्य बोधराज आचार्यलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको व्यवस्थापक घिमिरेले बताए । यस्तै, आजै बिहान रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

संस्थाका अध्यक्ष रवि न्यौपानेको सभापतित्व र राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ झापाका अध्यष गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालय प्रदेश १ का निमित्त रजिष्ट्रार हरिबहादुर खत्री, दमक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापालगायतको आतिथ्यता रहेको थियो । स्थापना दिवसको पूर्वसन्ध्यामा स्वर्णलक्ष्मी साकोसले झापाको सुरूङ्गा र गौरादहमा सेवा केन्द्र उद्घाटन गरेको छ ।

अब संस्थाको केन्द्रीय कार्यालय र चार वटा सेवा केन्द्रबाट कारोबार सुरु भएको कोषाध्यक्ष जमुना निरौला अधिकारीले बताईन् । यसअघि मोरङको उर्लाबारी र झापाको झिलझिलेमा सेवा केन्द्र स्थापना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्