पौवादुङ्मामा चैत १२ गते पाँचौ भोजपुर अल्ट्रा ट्रेल रेस हुँदै


भोजपुर, १० चैत । पाँचौ भोजपुर अल्ट्रा ट्रेल रेस – २०७८ पौवादुङ्मा गाउँपालिका – ५ सानोदुङ्मामा यही चैत १२ गते हुने भएको छ । मिरा राई फाउण्डेशनले आयोजना गर्ने अल्ट्रा ट्रेल रेसमा देश तथा विदेशका गरी ३ सय बढीको सहभागिता रहने भएको छ ।

अल्ट्रा ट्रेल रेस ५० किलोमिटरको हुनेछ । आयोजक मिरा राई फाउण्डेशनका कोषाध्यक्ष नुतन राईका अनुसार पुरुष र महिला दुबै बिधातर्फ प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको दुबै बिधामा प्रथम हुनेले रु ५० हजार, द्धितिय हुनेले रु ३० हजार, तृतिय हुनेले रु २० हजार, चौथोलाई रु १० हजार र पाँचौलाई रु ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

यस्तै स्थानीयका लागि १० किलोमिटरको अल्ट्रा ट्रेल रेस पनि हुने भएको छ । त्यसमा प्रथम हुनेले रु १० हजार, द्धितिय हुनेले रु ५ हजार, तृतिय हुनेले रु ३ हजार पुरस्कार प्राप्त गर्ने कोषाध्यक्ष नुतन राईले जानकारी दिनुभयो । प्रतियोगिताका लागि १ नम्बर प्रदेश सरकार र पौवादुङ्मा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने सह प्रायोजनमा किँरात राई सेवा समाज सानोदुङ्मा भोजपुर रहेको छ । सो प्रतियोगिता समापन समारोहमा गायक नन्दु गुरुङ र ताराबिर पान्डेको पनि प्रस्तुती रहने भएको छ।

प्रतिक्रिया दिनुहोस्