आजदेखि दमक गोल्डकप, विजेतालाई १३ लाख ११ हजार


दमक : दमक गोल्डकप आजदेखि सुरु हुँदै छ। दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा ४ विदेशीसहित १० टिमको सहभागिता रहनेछ।

दमक नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलको उद्घाटनमा आयोजक दमक- ११ र बागमती युथ क्लब सर्लाहीबीच खेल हुने छ। खेल अपरान्ह तीन बजे सुरु हुने छ।

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार र उपविजेताले नगद ६ लाख ११ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्