बलात्कार र हिंसाका घटना बढेकोमा अनेमसंघ मोरङको ज्ञापनपत्र


मोरङ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) मोरङ जिल्ला कमिटीले पछिल्लो समय मोरङ जिल्लामा भईरहेका बलात्कार र महिला हिंसाका घटनाका दोषीलाई कडा कारबाही र पिडित परिवारलाई क्षतिपुति दिलाउन माग गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले सुन्दरहैचा नगरपालिका ७ कि १८ महिनाकी बालिकाको बलात्कारपछि हत्याको घटनाले नेपाली समाजको बिद्यमान सामाजिक अवस्था र बिकृत मनस्थितिको कुरुप चित्र उजागर गरेको उल्लेख गरेको छ ।

मोरङ जिल्लामा पछिल्लो समय बालिका बलात्कार, यौन हिंसा र महिला हिंसा घटना बढ्दै गएकाले यस्ता घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही, पिडीत परिवारलाई न्याय र क्षतिपूर्ति दिलाउन सरकारसँग अनेमसंघ मोरङले माग समेत गरेको छ । अनेमसंघ मोरङकी कार्यवाहक अध्यक्ष भीष्माकुमारी रेग्मी र सचिव रीता न्यौपानेद्धारा हस्ताक्षित ज्ञापनपत्र प्रजिअ दाहाललाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्