भुटानी शरणार्थी शिविरमा अतिरिक्त कक्षा सुरु


पथरीशनिश्चरे, ६ चैत्र । मोरङ्गको पथरीशनिश्चरे नगरमा रहेका भुटानी शरणार्थी शिविरका विद्यार्थीका लागि आईतबारदेखि अतिरिक्त कक्षा सञ्चालन भएको छ।
पथरीशनिश्चरे नगरपालिकाको कार्यालयको समन्वयमा नगरका विभिन्न वडाहरुमा रहेका विभिन्न निजी बोर्डिङ्ग तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन  भएको हो ।
आज आइतबार एक औपचारिक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरका शिक्षा शाखा प्रमुख एवं प्रदेश नं १ का उप- सचिव शालिकराम काफ्लेले प्रमुख अतिथिको तर्फबाट उद्धाटन गर्नुभएको छ भने भुटानी शरणार्थी शिविर पथरीशनिश्चरेका क्याम्प सचिव चम्चा सिंह राईले अध्यक्षता गर्नुभएको  छ । उक्त अवसरमा वेलडागी शरणार्थी शिविरका सचिव डिवी राई  समेतको उपस्थिति रहेको थियो ।
भुटानी शरणार्थी समुदायका कक्षा -१ माथिका विद्यार्थीहरुले ड्युरेवल फ्रिडम फाउण्डेसन अफ अमेरिकाको मुख्य सहयोगमा उक्त अतिरिक्त कक्षामा पढ्ने अवसर प्राप्त गर्ने अतिरिक्त कक्षा सञ्चालन कार्यक्रमका संयोजक पुरूषोत्तम ढुंगेलले जानकारी दिनुभयो ।
तत्कालका निम्ति विहान र बेलुका दिनको दुई पटक संचालन हुने कक्षाका लागि २ जना शिक्षक र १ जना कुकसहितको गार्ड रहने गरी व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्