उर्लाबारीमा स्थानीय चुनाव जित्न माओवादी सशक्त लाग्ने


उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उर्लाबारीको कुनै पनि वडाहरुमा माओवादीले जितेको थिएनन् । तेस्रो दलको रुपमा उर्लाबारीमा उपस्थिति रहेको माओवादी केन्द्रले यस पटक सशक्त रुपमा आफ्नो सहभागिता बढाउने उद्देश्य अनुसार पार्टी कमिटीलाई परिचालन हुन नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ममता राजवंशीले निर्देशन दिनुभएको छ ।

माओवादीका एजेण्डाले देश चलिरहेको उल्लेख गर्दै उहाँले एजेण्डाविहीनहरुले नेतृत्व गरिरहेको आरोप लगाउनुभयो । पार्टीभित्रका कमीकमजोरी सुधार गर्दै सर्वहारा जनताको प्रतिनिधित्व गर्दै माओवादी नेतृत्वमा नपुगेसम्म देशमा आमूल परिवर्तन कागजमा मात्रै सिमित रहने उहाँको भनाई छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश नं. १ का सदस्य तथा मोरङ जिल्ला सह–इन्चार्ज प्रेम मिभक, प्रदेश सदस्य तथा उर्लाबारी नगर इन्जार्च प्रवेश धिमाल, मोरङ जिल्ला सदस्य पदम राईलगायतले बोल्दै गाउँ गाउँमा गएर माओवादीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता पूर्णकालिन रुपमा खट्न निर्देशन दिनुभयो । उर्लाबारी नगर कमिटी अध्यक्ष गजेन्द्र दंगालको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिब पवन चौधरीले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका वडा अध्यक्ष, नगर सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्