उर्लाबारी–४ मा अनेमसंघको वडा कमिटी गठन


उर्लाबारी, १७ पुस /  मोरङको उर्लाबारी वडा नं. ४ मा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ । आज रामेश्वर शिवालय मन्दिरमा भएको भेलाले चन्द्रकला भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा पुन्यमाया घिमिरे, सचिवमा गीता कोइराला र कोषाध्यक्षमा नवीनकुमारी दाहाल रहेका छन् । अनेमसंघ मोरङकी कार्यवाहक अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य भीष्माकुमारी रेग्मीको प्रमुख आतिथ्यतामा संघको वडा अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्