अनाथ बालबालिकासँग सञ्चार क्लब उर्लाबारीको होली


उर्लाबारी, ४ चैत । सञ्चार क्लब नेपाल, उर्लाबारीले आज अनाथ बालबालिकाहरुसँग होली पर्व मनाएको छ । क्लबले वर्षेनी उर्लाबारी ७ स्थित नमुना बाल गृहमा रहेका अनाथ बालबालिकाहरुसँग होली पर्व मनाउँदै आएको छ ।

आज बिहान एक कार्यक्रमको आयोजना गरी सद्भावको पर्व होली एक आपसमा रङ दलेर उत्साहका साथ मनाईएको क्लबका अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । उर्लाबारी ७ का वडाध्यक्ष बिरवल थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरभित्र रहेका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एक आपसमा रङ दलेर शुभकामना आदानप्रदान गरिएको थियो ।

सो अवसरमा गृहकी अध्यक्ष मिना बराल, सञ्चार क्लबका पुर्व अध्यक्ष घनश्याम भण्डारीले पनि होली पर्वका बारेमा मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन क्लबका महासचिव विजय धिमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्