एमाले उर्लाबारीको होली कार्यक्रम


उर्लाबारी, ४ चैत । सामुहिक रुपमा विभिन्न रङ खेलेर मनाईने सद्भावको पर्व होली आज नेकपा एमाले उर्लाबारीले पनि मनाएको छ । उर्लाबारी – ३ मंगलबारेस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता एवम् शुभेच्छुक भेला भएर एक आपसमा शुभकामना आदानप्रदान गरेर होली पर्व मनाएको एमाले नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले एक अर्कामा रङ दलेर शुभकामना आदानप्रदान गर्दै खुसी साटासाट गरिएको थियो । । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिने भएकाले पार्टी नेता कार्यकर्ता एवम् शुभेच्छुक भेला भएर मनाईएको नगर अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्