आज तराई–मधेसका क्षेत्रमा होली मनाईंदै


काठमाडौं । आज तराई–मधेसका क्षेत्रमा होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो । सामुहिक रुपमा विभिन्न रङ खेलेर होली अर्थात फागु पर्व मनाउने प्रचलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ ।

होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु गरेर समेत खुसी साटासाट पनि गरिन्छ । पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा आज तराईमा होलीको नामबाट मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्