इटहरामा होली पर्व भव्य रुपमा मनाईने, साथमा मनोरञ्जनात्मक कार्यक्रम


इटहरा, २ चैत । रंगहरुको पर्व होली पर्वको अवसरमा रतुवामाई नगरपालिकाको इटहरा बजारमा मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । चैत ४ गते तराईमा मनाईने होलीका अवसरमा इटहरा एकता क्लबले बिभिन्न कार्यक्रमका साथ होली पर्व मनाउने भएको हो ।

सो अवसरमा महिला र पुरुषका लागि म्युजिकल चेयर, हण्डि फुटाई, मोटरसाईकल स्लोरेश, बालबालिकाका लागि चक्लेट दौडसहित सांस्कृति कार्यक्रम हुने क्लबका अध्यक्ष महेन्द्र ठाकुरले जानकारी दिनुभयो । सो अवसरमा एक आपसमा रंग दलेर सद्भावका साथ होली पर्व मनाईने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्