सहकारी कर्मचारी संगठन उर्लाबारी ईलाकाको अध्यक्षमा पुन : चक्र खड्का


उर्लाबारी, १७ पुस । सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको साझा संगठन सहकारी कर्मचारी संगठन उर्लाबारी ईलाकाको शनिबार संम्पन्न १२ औँ साधारण सभाबाट तेस्रो कार्यकालको लागि चक्रबहादुर खड्काको अध्यक्षतामा कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा सुुशिला खत्री, सचिवमा यादव बिष्ट, कोषाध्यक्षमा ज्ञाननाथ सुुवेदी, सहसचिवमा सोमप्रसाद अर्याल तथा सदस्यहरुमा सुमन पोख्रेल, नगेन्द्रबहादुर चापागाई, देवीप्रसाद तिम्सिना, तिला पोख्रेल, कर्णकुमारी शाक्य र चित्र पोख्रेल सर्वसम्मत निर्वाचित भएको  निर्वाचन समितिका संयोजक राजन घिमिरेले बताउनुभएको छ ।

यसैगरी सोही सभाले महेन्द्र दाहाल संयोजक रहेको तिन सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यमा शिवप्रसाद निरौला र रामशरण पौडेल रहेका छन् । सो संगठनका अध्यक्ष चक्रबहादुर खड्काको अध्यक्षता तथा एनएमबी बैक उर्लाबारीका प्रवन्धक सिताराम ओझाको प्रमुख आतिथ्यतामा भएको उक्त सभाले सचिव यादव बिष्ट, कोषाध्यक्ष ज्ञाननाथ सुवेदी तथा लेखा समितिका संयोजक महेन्द्र सुवेदीले प्रस्तुत गरेको क्रमश : आर्थीक बर्ष २०७७∕०७८ को प्रगति, आर्थीक र लेखा प्रतिवेदन सर्वसम्मत पारीत गरेको थियो ।

सोही अवसरमा विभीन्न सहकारी संस्थामा कार्यरत आधा दर्जन कर्मचारीहरुलाई पुरस्कृत गरीएको संगठनका प्रवन्धक झमक बस्नेतले बताएका छन । सभाको उद्घाटन सत्रमा प्रमुख अतिथी ओझासहित राष्ट्रिय सहकारी बैक उर्लाबारीका प्रवन्धक बिनोद चुुँडाल, बिराटनगर शाखा प्रवन्धक प्रभु पोख्रेल, संगठनका पथरी ईलाका अध्यक्ष गणेश राई, उर्लाबारी ईलाकाका उपाध्यक्ष शुशीला न्यौपाने खत्री, नेपाल रेडक्रस सोसाईटी उर्लाबारीका सभापति मदनबाबु प्रसाई र संचार क्बल उर्लाबारीका अध्यक्ष नवराज भट्टराई लगायतका वक्ताले संगठनले गरेका कार्यको प्रशंशा गर्दै सहकारी संस्थामा कार्यरत कर्मचारीको हक हितका पक्षमा कार्य गर्न सुझाव गरेका छन । उक्त संगठनमा उर्लाबारी सहित मिक्लाजुङ र रतुवामाई क्षेत्रमा रहेका सहकारी संस्थामा कार्यरत २ सय ४० जना कर्मचारी आवद्ध रहेका छन ।

प्रतिक्रिया दिनुहोस्