मृगौला पिडीत दर्जीलाई काँग्रेस उर्लाबारी ७ को सहयोग


उर्लाबारी, १ चैत । उर्लाबारी ७ निवासी मृगौला पिडित कल्पना दर्जीलाई काँग्रेस वडा नं. ७ बजार लाईन टोल समितिले आर्थिक सहयोग गरेको छ । आज पिडित दर्जीको परिवारलाई फलफुल र ७ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग गरेको हो ।

उक्त रकम ११ जना काँग्रेसका क्रियाशिल सदस्यबाट संकलन गरिएको थियो । टोल सभापति तेजबहादुर निरौलाको सम्न्वयमा भएको उक्त कार्यक्रममा वडा सभापति मदनबाबु प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्