उर्लाबारीमा पनि मनाईयो टोपी दिवस


उर्लाबारी, १७ पुस । मोरङको उर्लाबारीमा नवौं अन्र्तराष्ट्रिय टोपी दिवस मनाइएको छ । सञ्चार क्लब नेपाल र ग्लोबल युवा क्लबको संयुक्त आयोजनामा प्रभातफेरी र कोणसभा गरी दिवस मनाइएको हो ।

आज बिहान नेपाली टोपीसहित भेला भएका उर्लाबारीवासीको र्याली उर्लाबारी चौकबाट बरगाछी हुँदै पुनः चौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले नेपाली राष्ट्रियता, संस्कार, संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपाली मौलिक पोसाकको संरक्षणमा टोपी दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा ग्लोबल युवा क्लबका अध्यक्ष प्रेम याक्खा, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, सामाजिक अभियन्ताहरु जयधर्म आचार्य, रुद्र तामाङ र नेत्र खनालले टोपी दिवसको शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, निजी तथा सामुदायिक विद्यालयका प्रमुखहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्