इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगबाट ३ वटा क्लब बाहिरियो


फागुन २९ गते, पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगबाट ३ वटा क्लब बाहिएका छ्न ।
आज आइतबार भएको खेलमा न्यु स्टार एफसीले २–१ गोल अन्तरले सिरिजंगा एफसीलाई पाखा लगएको पछि सिरिजंगा लिगबाट बाहिरिएको हो । यस अघि वाईजीएफटी र वाईएफसी लिगबाट बाहिरिएका थिए । पहिलो हाफमा खेलको ९ औ मिनेटमा सिरिजंगाका जर्सी नम्बर ९ का खेलाडी सफल आङ्बोहाङ्ले १ गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यसैगरी खेलको ३८ औं मिनेटमा न्यु स्टारका २० नम्बरका खेलाडी समीर मगरले १ गोल फर्काएपछि खेललाई बराबरी बनाएका थिए । खेलको अतिरिक्त समयमा सिरिजंगाको गोलरक्षक पोष्ट छोडेर गोल गलाउन अघि बढ्दा विपक्षीलेका फरवाड सावाँले खाली पोष्टमा गोल लगाएका थिए ।
खेलको म्यान अफ द म्याच न्यु स्टार जर्सी नम्बर १७ का खेलाडी अमर याक्खा घोषित भएका थिए । याक्खालाई कार्यक्रमको प्रमुख अतिथि समाजसेवी तथा राजनीतिककर्मी युवराज बास्कोटा, खेल आयोजक समितिका अध्यक्ष सन्जीव गिरी, दिपक पुलामीले ट्रफी, मेडल र रकम हस्तान्तरण गरेका थिए ।
भोली सोमबारको खेल द रियल ब्रदर्स र देवीगन्ज एफसी विच हुने आयोजक समितिका सचिव मनि लुम्फुवाले बताए । खेल तालिका अनुसार द रियल ब्रदर्शले ६ अंक जोडेका छन् भने देवी गन्ज एफसीले भने कुनै अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्