प्रिमियर लिगको आजको खेलमा टेन नवोदय १-० को अन्तरले विजयी


पथरीशनिश्चरे ,२७  फागुन । पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आजको खेलमा शिखर एफसी विरुद्ध टेन नवोदयले १-० अन्तरले  गोल गर्दै ७ अंक जोडेको छ।
प्रिमियर लिग’-०७८ अन्तर्गत बिहीबार भएको  खेलमा शिखर एफसीविरुद्ध टेन नवोदयले १ को विरुद्ध ० गोल गर्दै आफ्नो टिमलाई विजयी तुल्याएको हो ।
खेलको दोस्रो हाफको २९ औं मिनेटमा  टेन नवोदयका जसी ७ का सविना लिम्बु शिखर एफसीका खेलाडीले लगाएपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै जर्सी नं. २३ मीन धिमालले हानेको बलले नेट चुम्दै आफ्नो टिमलाई विजयी तुल्याएको थियो।
यो जीतसँगै टेन नवोदय एफसीको ७ अंक पुगेको छ भने आजको खेलमा पराजित  शिखर एफसीले यस अघिका खेलमा ६ अंक जोडेको थियो ।
म्यान अफ दि म्याच टेन नवोदय एफसीका मीन धिमाल घोषित भएका थिए। उनलाई नगद ३ हजार रुपैयाँ सहित मेडल र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो।
भोलिको खेललाई वाइजीएफटि र वाइएफसीका बिच हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्