च्यापकटर र दाना पिस्ने मेसिन वितरण


पथरी शनिश्चरे, २६ फागुन । मोरङको पथरी शनिश्चरे नगरले बिहिवार नगरका व्यवसायिक कृषि फर्मका लागि ५० प्रतिशत अनुदानमा घाँस तथा कुटी काट्ने च्यापकटर र दाना पिस्ने मेसिन वितरण गरेको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पशुपंक्षी शाखाका प्राविधिक पर्वत साह सहितले ३० हजार रुपैयाँ दरका १३ वटा च्यापकटर र सरदर २५ हजार रुपैयाँ दरका दाना पिस्ने मेसिन ८ वटा वितरण गर्नुभयो ।
ती सामग्री प्राप्त गरेपछि नगरले व्यवसायिक प्रवद्र्धनमा सहयोग पुर्याएकोमा कृषकहरुले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्