पथरी शनिश्चरे ४ मा किशोरीहरुका लागि आत्मरक्षा तालिम सम्पन्न


पथरी शनिश्चरे, २६ फागुन । मोरङको पथरी शनिश्चरे ४ मा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ७ दिने तालिम आज बिहीबार सम्पन्न भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले समापनका अवसरमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै समाजमा भइरहेका दुव्र्यवहार तथा जघन्य अपराधहरुबाट बच्न किशोरीहरुले आफ्नो सुरक्षाका लागि तालिम आवश्यक रहेको बताउनु भयो । उहाँले किशोरीहरुको सुरक्षाका लागि नगरले यसप्रकारका कार्यक्रममा सघाउँदै आएको जनाउनु भयो ।
नगरपालिका कार्यालयको आर्थिक सहयोगमा हेल्पिङ युथ इटहरीले तालिम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्