उर्लाबारीका माओवादी नेता इन्द्र भट्टराई एमालेमा


उर्लाबारी, २५ फागुन । नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटी सचिवालय सदस्य इन्द्र भट्टराई नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । आज रंगेलीमा आयोजित बृहत जनसभा एवम् पार्टी प्रबेश कार्यक्रममा भट्टराई एमालेमा प्रबेश गर्नुभएको हो ।

उहाँलाई एमाले अध्यक्ष केपी ओली, नेता गुरु बराल लगायतले स्वागत गर्नुभएको थियो । भट्टराई उर्लाबारीका बिभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहनुभएको छ । सो क्रममा एमाले जिल्ला सदस्य अग्नी भट्टराई, नगर अध्यक्ष गंगा बाँस्तोला लगायत पनि रहनुभएको थियो । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७१० जना पार्टी प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्