‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवान गोल्डकप’ को उपाधि मानेभञ्ज्याङ दार्जिलिङले जित्यो


पथरीशनिश्चरे ,२४ फागुन । मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपको चौथो संस्करणको उपाधि मानेभञ्ज्याङ भेट्रान फुटबल क्लब दार्जिलिङले चुमेको छ ।
मंगलबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब विरूद्ध दार्जिलिङको मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबका जर्सी नं १६ का राज रावतले दोस्रो हाफको २० मिनेटमा गोल गर्दै आफ्नो टिमलाई १-० को अन्तरले विजयी तुल्याएका थिए।
आजको म्यान अफ दि म्याच मानेभञ्ज्याङ भेट्रान क्लब दार्जिलिङका जर्सी नं १६ का राज रावत घोषित भए। उनलाई नगद ५ हजार सहित मेडल र ट्रफीद्वारा पुरस्कृत गर्नुभएको थियो।
यसैगरी,जारी चोथौ ढल्केजोवान गोल्डकपकै पहिलो ह्याट्रिक गर्ने त्रिभुवन आर्मी फुटबल क्लबका जर्सी नं २३ का टेक बहादुर बुढाथोकीलाई वेस्ट स्कोरको टाईटल दिइएको छ । उनलाई २१ हजार नगद सहित सम्मान गरिएको हो। सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मानेभञ्ज्याङ दार्जिलिङका समीर प्रधान ,वेष्ट गोलरक्षक
उर्गेन शेर्पालाई २१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र सहितले पुरस्कृत गरिएको थियो।
यसैगरी , वेष्ट डिफेन्डर आर्मीका युद्ध शाहीलाई नगद १६ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ।
अमरदह ढल्केजोवान युवा क्लबको ज्ञान, एकता मित्रता सदभाव सुनबर्षीको पहिंचान भन्ने मुल नाराका साथ सुनबर्षी नगरको शानको रुपमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्ड कप -०७८ मा भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको थियो।

प्रमुख अतिथि समेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य , मोरङ्ग क्षेत्र नं-२का प्रतिनिधि सभाका सदस्य एव पूर्व रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, काग्रेस मोरङ्ग अध्यक्ष डिक बहादुर लिम्बू , नेकपा एमालेका मोरङ्ग अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना , प्रजिअ मोरङ्गका काशीराज दहाल , प्रदेश नं १ लिलावल्वव घिमिरे ,
प्रतियोगिताका विजेताले ५ लाख ११ हजार तथा उपविजेताले २ लाख ५१ हजार नगदसहित मेडल , ट्रफी सहितले पुरस्कृत गरिएको हो।
फाइनलमा उत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ , उत्कृष्ट गोलरक्षक र रेफ्री लगायतका विभिन्न विधामा १६ हजारका दरले नगद , ट्रफी ,मेडल तथा प्रमाणपत्रले पुरस्कृत तथा सम्मान गरिएको थियाे।

विरेन्द्र सार्वजनिक माविको खेलमैदानमा संचालन भएको उक्त प्रतियोगितामा भुटानको फेर्ण्स भेट्रान फुटबल क्लव तथा भारतको मानेभञ्ज्याङ दार्जिलिङ फुटबल क्लब र सिक्किम भेट्रान फुटबल क्लबले भाग लिने छन् भने नेपालका नेपाल आर्मी क्लब, शसस्त्र प्रहरी बल, पोखरा-११ , बुटवल भेट्रान क्लब , हेटौडा भेट्रान क्लब, सुनसरी भेट्रान क्लब , काठमाडौंको लक्षुमण भेट्रान क्लब , झापा भेट्रान फुटबल क्लब तथा आयोजक मोरङ्ग भेट्रान फुटबल क्लबहरूले सहभागिता जनाउने अध्यक्ष प्रताप तामाङ्गले बताउनुभयो ।
आयोजकले खेलाडीहरुलाई खान र बस्नको लागि पथरीशनिश्चरे, उर्लाबारी तथा सुनबर्सी नगरपालिकाहरूका विभिन्न होटल तथा लजहरु बुकिङ गरी राखिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्