परिवर्तन बचतले न्यानो कपडा वितरण गर्यो


उर्लाबारी, १७ पुस । परिवर्तन बचत तथा ऋण समूह उर्लाबारी ‒ ४ ले एघारौं स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि संस्थाले उर्लाबारी वडा नम्बर ४ बक्रा बाध र रेडक्रसमा बसोबास गरिरहेका बिपन्न समुदायका १८ जना अशक्त, वृद्धवृद्ध तथा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष लक्ष्मीनारायण धिमाल र शुभ चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम धमलाले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा परिवर्तन टोल बिकास समाजका अध्यक्ष खड्ग बहादुर थापा, पशुपति भजन कृतन मण्डलीको अध्यक्ष साबित्रा बराल, परिवर्तन युवा क्लबका सचिव रमेश भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा समूहका सचिब तिलक नेपालीले स्वागत मन्तब्य राखेका थिए भने कोषाध्यक्ष गौरी थापाले सञ्चालन गरेकी थिइन् । समूहका उपाध्यक्ष कुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्