वाईजिएफटी र टेन नवोदयले बराबरी अंक बाँडे


पथरीशनिश्चरे ,२३ फागुन । पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को सोमबार भएको खेलमा १-१ गोलको बराबरी भएको छ ।
दोश्रो चरणको पहिलो खेल समूह ‘ए’ बाट वाईजिएफटी र टेन नवोदयका बीच प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणको खेलमा ३ अंक लिएको टेन नवोदयले दोस्रो हाफको ३ मिनेटमा जर्सी नं २३ का मीन धिमालको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा वाईजीएफसीका टिम क्याप्टेन जर्सी नं १७ का सन्जय लिम्बुले गोल गर्दै बराबरीमा पुर्याएपछि दुवै टिमले बराबरी अंक बाँडेका हुन् ।
टेन नवोदय एफ सी को ४ अंक भएको छ भने वाई जी एफ सीको १ अंक पाएको छ ।
म्यान अफ द म्याच वाई जी एफ सीका टिम क्याप्टेन सन्जय लिम्बु घोषित भएका छन् । उनले ट्रफी र मेडल सहित नगद ३ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
भोलि दोस्रो चरणको दोस्रो खेल शिखर एफ सी र वाइ एफ सी विच प्रतिस्पर्धा हुने आयोजक समिति सचिव मणि लुम्फुवा लिम्बुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्