उपप्रमुख भण्डारीद्धारा सम्पन्न योजनाको अनुगमन


उर्लाबारी, २३ फागुन ।  उर्लाबारी नगरपालिकामा सम्पन्न भएका विभिन्न योजनाहरूको सोमबार अनुगमन गरिएको छ । उर्लाबारी नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक लक्ष्मीदेवी भण्डारी सहितको टोलीले वडा नम्बर ७, ८ र ९को योजनाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उर्लाबारी वडा नम्बर ७ भृकुटी मार्गमा नगर स्तरिय बजेटबाट गरिएको कालोपत्रे सडकको अनुगमन गर्नुभएको छ । त्यस्तै वडा नम्बर ७ कै प्रगति टोलमा र सपोट मार्गमा निर्माण सम्पन्न ड्रेनको ७ नम्बर वडाका प्राविधिक अमन चौधरी सहित अनुगमन गर्नु भएको छ ।

त्यस्तै वडा नम्बर ८ वडा अध्यक्ष कुलबहादुर कार्की र प्राबिधिक राम गड्तौला सहित उपप्रमुख भण्डारीले वडा नम्बर ८ को आम्बारी बजार ड्रेन वरिपरि गरिएको माटो पुराई, जरूवापानीमा निर्माण सम्पन्न कल्भट र उर्लाबारी वडा नम्बर ९ आम्बारीमा रहेको धिमाल ग्रामथानमा लगाइएको घेराबाराको अनुगमन गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्