रतुवामाईका बिपन्न दलित परिवारलाई निशुल्क स्वास्थ्य बिमा


रतुवामाई, २३ फागुन । मोरङको रतुवामाइ नगरपालिकाले नगरभित्रका बिपन्न दलित परिवारहरूलाई निशुल्क स्वास्थ्य बिमा गरिदिन शुरू गरेको छ ।

रतुवामाई नगरपालिका भित्रका सबै वडामा रहेका बिपन्न दलित परिवारहरूलाई निशुल्क स्वास्थ्य बिमा गरिदिन शुरू गरेको हो । रतुवामाई नगरपालिकाका मेयर रविन राईले स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेर निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको सुरवात गर्नुभएको छ ।

दलित समन्वय नगर समिति र नेपाल दलित संघ रतुवामाई नगरपालिका वडा नम्बर ८ को समन्वय तथा रतुवामाई नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको १० वटै वडामा निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरू गरिएको मेयर रविन राईको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्