मेयर फागोद्धारा सोल्टी खोलामा बनेको झोलुङ्गे पुलको उद्घाटन


उर्लाबारी ।  उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारी वडा नं. १ र २ जोड्ने सोल्टी खोलामा बनेको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । आईतबार एक कार्यक्रमका बीच मेयर फागोले झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा उपमेयर लक्ष्मीदेवी भण्डारीलगायतको सहभागीता रहेको थियो । उक्त पुल ९२ लाख रुपैयाँ लागतमा निर्माण भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद आचार्यले बताए। उक्त रकममध्ये स्वीस सरकारको सहयोगमा संघीय झोलुङ्गे पुल आयोजनाबाट ७८ लाख, टिविएसयुबाट ८ लाख उर्लाबारी नगरपालिकाबाट ५ लाख ५६ हजार र दुई प्रतिशत रकम जनश्रमदानबाट जुटाइएको आचार्यले बताए।
उक्त पुलको निर्माण कार्य गतवर्ष नै सकिएको भएपनि कोभिड महामारीका कारण उद्घाटन हुन सकेको थिएन । पुल निर्माण भएपछि उर्लाबारी वडा नम्बर १ ,२ र ४ का बासिन्दालाई आवतजावतमा सहज भएको छ भने यो ठाउँ पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्