मेयर कपको उपाधि भिडन्त आज : उर्लाबारी वडा नम्बर ६ र ७ भिड्दै


उर्लाबारी, २३ फागुन । उर्लाबारीमा सञ्चालित तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । मेयर कपको उपाधिका लागि वडा नम्बर ६ र ७ भिड्ने भएका छन् ।

उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा दिउँसो ३ बजेपछी सुरु हुने खेलमा दुबै टिम उपाधि उचाल्न आतुर छन् । वडा नम्बर ५ लाई हराउँदै वडा नम्बर ६ फाईनलमा पुगेको हो । वडा नम्बर ७ भने वडा नम्बर १ लाई पराजित गर्दै फाईनलमा पुगेको हो ।

प्रतियोगितामा नगरका ९ वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्