त्रिभुवन आर्मी क्लब ४ गोल गर्दै फाइनलमा प्रवेश


पथरीशनिश्चरे ,२० फागुन । मोरङको सुनवर्षी- २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपमा काठमाडौँको त्रिभुवन आर्मी  फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
आईतबार भएको सेमिफाइनलको अन्तिम खेलमा  पोखरा भेट्रान्स फुटबल क्लबविरूद्ध   त्रिभुवन आर्मी क्लब काठमाडौँ ० का विरूद्ध ४ गोल गरेर विजयी भएको हो ।
जारी  चोथौ ढल्केजोवान गोल्डकपकै पहिलो ह्याट्रिक गर्न सफल भएका त्रिभुवन आर्मी फुटबल क्लबका जर्सी नं २३ का  टेक बहादुर बुढाथोकीले  पहिलो हाफको ६ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने आर्मीकै जर्सी नं १६ का विमल पाण्डेले १५ औ मिनेटमा अर्को गोल थप्दै   आफ्नो टिमलाई २-० को अन्तरमा पुर्याएका थिए ।
खेलकै दोस्रो हाफको २३ औं मिनेटमा पुनः त्रिभुवन आर्मी क्लबका जर्सी नं ६ का टंक बस्नेतले अर्को गोल थपेपछि आर्मी क्लब ३-० को अग्रता दिलाएका थिए।  पुनः  ३० औं मिनेटमा पुनः त्रिभुवन आर्मी क्लबकै जर्सी नं २३ का टेक बहादुर बुढाथोकीले अर्को गोल थपेपछि आफ्नो टिमलाई ४- ० को  फराकिलो अन्तरले जित हासिल गरेको हो ।
अधिकांश समय त्रिभुवन आर्मी क्लबलाई दवाव दिइरहेको पोखरा भेट्रान्स फुटबल क्लबका खेलाडीको थुप्रै प्रयास विफल भएको थियो ।
आजको म्यान अफ दि म्याच त्रिभुवन आर्मी क्लबका डिफेन्डर जर्सी नं ५ का युद्ध शाही की घोषित भए। उनलाई प्रदेश नं १ का सांसद लिलावल्लव अधिकारीले  नगद ५ हजार सहित मेडल र ट्रफीद्वारा पुरस्कृत गर्नुभएको थियो।
पर्सी हुने फाइनलको पहिलो खेल मानेभञ्ज्याङ भेट्रान दार्जिलिङ र  त्रिभुवन आर्मी क्लब विच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
साेही अवसरमा स्थानीय युवा व्यवसायी  उद्धव थापाले जारी गोल्डकपमा पहिलो ह्याट्रिक गर्न सफल भएका त्रिभुवन आर्मी क्लबका टेक बहादुर बुढाथोकीलाई १० हजार रूपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरेका थिए । राष्ट्रिय स्तरमा ख्याति कमाएका नवयुग श्रेष्ठ र विकेश कुथुलाई अमरदह ढल्केजोवान गोल्डकपका अध्यक्ष प्रताप तामाङले मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए।
भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५ लाख ११ हजार तथा  उपविजेताले २ लाख ५१ हजार नगदसहित  मेडल , ट्रफी सहितले पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्