‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ : द रियल ब्रदर्श ३-० गोल अन्तरले विजयी


पथरी शनिश्चरे, फागुन २२ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज आइतबार भएको खेलमा द रियल ब्रदर्श विजयी भएको छ । जितसँगै बदर्शले खेल तालिकामा ३ अंक जोडेको छ भने न्यु स्टार अंकविहिन रहेको छ ।

द रियल ब्रदर्शले शून्यको विरुद्ध ३ गोल गर्दै जित निकालेको हो । पहिलो हाफको ३३ औं मिनेटमा द रियल ब्रदर्शका सुरज शिवाले पहिलो गोल गरे । उनले विपक्षीको गोल पोष्ट नजिकै पाएको फ्री-किकको अवसरलाई राम्रो सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए ।

त्यसैगरी द रियल ब्रदर्शका समीर याक्खाले खेलको ३९ औं मिनेट्मा थप १ गोल गर्दै खेलमा २-० अग्रता बनाए । खेलको दोश्रो हाफको ५९ औं मिनेटमा ब्रदर्सका अंकित लिम्बुले थप १ गोल गर्दै खेलमा बदर्शले ३-० को फराकिलो जित निकाल्न सफल भयो । खेलको म्यान अफ द म्याच द रियल ब्रदर्सका समीर याक्खा घोषित भए । उनले ट्रफी र मेडल सहित नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

आजको यस खेलसँगै पहिलो चरणका सम्पूर्ण खेलहरू सकिएका छ्न । भोलिबाट दोश्रो चरणका खेलहरू सुरु हुँदैछ्न । भोलिको खेल समूह ‘ए’ बाट वाईजिएफटि र टेन नवोदयका बीच हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए ।

प्रतिक्रिया दिनुहोस्