उर्लाबारी ५ मा एमालेको लिटिल एन्जल टोल कमिटी


उर्लाबारी, २१ फागुन । नेकपा एमाले उर्लाबारीले नगरका टोल–टोलमा पार्टी कमिटी गठनलाई तिब्र पारेको छ । जिल्ला कमिटिको निर्देशन बमोजिम एमालेले नगरका सबै वडामा टोल कमिटी गठन तिब्र पारेको छ । यसै क्रममा उर्लाबारी ५ मा आज लिटिल एन्जल टोल कमिटी गठन गरिएको छ ।

हर्कबहादुर अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटी गठन गरिएको एमाले नगर सचिवालय सदस्य एवम् वडा इन्चार्ज चेतन सिग्देलले जानकारी दिनुभयो । ५ नम्बर वडाका सबै टोलमा पार्टी कमिटी गठनलाई तिब्र पारिएको पार्टीका वडा अध्यक्ष संजिव सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्