विपन्नलाई न्यानो कपडा वितरण गर्दै तुम्रोक


उर्लाबारी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं प्रदेश नम्बर १ का सदस्य अर्जुन तुम्रोक यतिबेला विपन्न समुदायहरुलाई न्यानो कपडा वितरण गरिरहेका छन् । उनले कठ्याङ्ग्रिदो जाडोमा एक सर्को लुगा र ओढ्ने कम्बल नभएका परिवारहरुलाई न्यानो कपडा वितरण गरिरहेका छन् ।

मिक्लाजुङको विकट क्षेत्र चुली पोखरी क्षेत्रमा शुक्रबार उनले १० विद्यार्थी र १० परिवारलाई न्यानो कपडा वितरण गरे । उनीसँगै नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उषा राईले पनि आफ्नो जन्मदिनको उपलक्ष्य पारेर त्यस क्षेत्रमा कम्बल वितरण गरिन् ।

तुम्रोकले चुलाचुली प्राथिमक विद्यालयका १० विद्यार्थीहरुलाई स्वीटर वितरण गरे । यस्तै राईले चुली पोखरीका १० परिवारलाई कम्बल वितरण गरिन् ।
न्‍यानो कपडा हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ ‘क’का सदस्यद्वय सुवास लामा र टंक राई,मधुमल्लाका युवा समाजसेवी जोनसन श्रेष्ठ,मिक्लाजुङका ओम राईलगायतको उपस्थिती थियो । तुम्रोकले समस्यामा परेका सबैलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्