उर्लाबारी ६ मा एमालेको जनपथ टोल कमिटी गठन, अध्यक्षमा ढुंगाना


उर्लाबारी, २१ फागुन । नेकपा एमाले उर्लाबारीले नगरका टोल–टोलमा पार्टी कमिटी गठनलाई तिब्र पारेको छ । जिल्ला कमिटिको निर्देशन बमोजिम एमालेले नगरका सबै वडामा टोल कमिटी गठन तिब्र पारेको छ ।

यसैक्रममा आज उर्लाबारी – ६ मा जनपथ टोल कमिटी गठन भएको छ । एमालेका जिल्ला कमिटी सदस्य अग्निप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको एक भेलाबाट दुर्गाप्रसाद ढुंगानाको अध्यक्षतामा ३३ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा चन्द्र सुबेदी, सचिवमा निकेश धिमाल रहनुभएको छ । कार्यक्रममा एमाले नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोला, एमाले स्थापना कालका पुराना नेता एवम् टाँडी गाविसका पुर्व उपाध्यक्ष धर्मानन्द केसी, एमालेका पुराना नेता धर्म भण्डारी, एमाले जिल्ला प्रतिनिधि परिषद् सदस्य गंगा खरेल, रिटर्नी फेडेरेशनका केन्द्रीय सदस्य छबिरमण कट्वाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्