दिपेन्द्र तिम्सिनाको ‘इतिहासमा पथरीशनिश्चरे’ बजारमा


पथरीशनिश्चरे, २१ फागुन । यसअघिका २ वटा लकडाउनमा मात्रै ४ वटा खोजमुलक पुस्तक प्रकाशित गरी आफुलाई नेपालमै अव्वल सावित गरेका यूवा लेखक तथा पत्रकार दिपेन्द्र तिमिल्सनाले ‘इतिहासमा पथरीशनिश्चरे’ नामको अर्को ऐतिहासिक पुस्तक प्रकाशन गरेका छन् ।

पथरीशनिश्चरे नगरपालिकामा जन्मी पथरीशनिश्चरे नगर क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाएका लेखक तथा पत्रकार तिमिल्सनाले भर्खरैमात्र ८औ कृतिको रूपमा ‘इतिहासमा पथरीशनिश्चरे’लाई पाठकमाझ ल्याउन सफल भएका हुन् ।

दुई दशक पथरीशनिश्चरे नगर क्षेत्रमा रही मोफसल पत्रकारिताको अनुभव संगालेका लेखक तिमिल्सनाले हालसम्ममा पथरीशनिश्चरे नगर एक चिनारी(०७७ ,जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म(०७७ ),जेसीज दस्तावेज दोस्रो संस्करण(०७८ तथा धिमाल जातिको इतिहास विगतदेखि वर्तमान सम्म (०७८ ) , मोरङ्ग क्षेत्र नं २को चिनारी(०७०), मोरङ्गका सामुदायिक वन एक चिनारी (०६९ ) लगायतका विभिन्न ८ वटा खोजमूलक पुस्तकहरू प्रकाशित गरीसकेका छन् ।

साईकलमा चढेरै शहर र गाउँका दुर्दराज पुगी पथरीशनिश्चरे क्षेत्रको ऐतिहासिक तथ्यलाई संकलन गरेका लेखक तिमिल्सनाले सो अनुसन्धानमुलक पुस्तकमार्फत सार्वजनिक गरेका हुन् । साहित्यकार रोहिणी प्रसाद घिमिरेले संपादन गर्नुभएको ३ सय बढी पृष्ठको सो ऐतिहासिक पुस्तक प्रकाशनका लागि पथरीशनिश्चरे २का समाजसेवी बाबुराम राईले सहयोग भएको थियो भने झापाको दमकस्थित स्रष्टा छापाखानाले मुद्रण गरिदिएको छ ।
यस पुस्तकभित्र विभिन्न विषयसुची मार्फत पथरीशनिश्चरे नगरपालिकाको इतिहासलाई सार्वजनिक गरिएको लेखक तिमिल्सनाले जानकारी दिए । लेखकले देहायका शिर्षकमा ऐतिहासिक तथ्यलाई प्रमाणित गरिदिएका छन्।

पथरीको इतिहास , कुशलचौक बजार,हसन्दहको इतिहास, शनिश्चरेको इतिहास, साविक पथरीको पञ्चायत, शनिश्चरेको पञ्चायत, हसन्दहको पञ्चायत, नगरमा पहिलोपटक निर्वाचित जनप्रतिनिधिहरू , पथरीका पूर्व गाविस अधयक्षको निधन, तिलक बान्तावाको नाममा प्रतिष्ठान स्थापना, पथरीमा विद्युत पहिले मिलबाट तानेको , सिएम कन्दङ्वाको स्मृतिग्रन्थ प्रकाशन , माओवादी द्वन्द्वमा नगरमा मारिएका व्यक्तिहरु, सुकुम्बासीलाई जग्गा वितरण गयौं , पथरीशनिश्चरे नगरकै पहिलो पक्की घर , कुनकुन ठाउँको नाम कसरी रहयो? ,नगरभित्र रहेका क्याम्पस लगायतका विषयवस्तु समेटिएका छन् । त्यस्तै,सरकारी विद्यालय ,पथरीमा नयाँ सुरूवात गर्ने , विशिष्ट तहमा पुग्ने नगरका व्यक्ति र समाजसेवीहरु , नगरमा रहेका उद्योग र तिनको इतिहास, पथरी शनिश्चरेमा विभिन्न समयमा भएका आन्दोलनहरु,नगरभित्र रहेका निजी विद्यालयहरु , पथरी शनिश्चरेमा रहेका पार्टीहरुको इतिहास, सूर्य भण्डारीको रहस्यमय निधन , राम कार्कीको रहस्यमय हत्या, विभिन्न विद्यामा चर्चित नगरका व्यक्तिहरु, विभिन्न विषयमा विद्यावारिधि गर्नेहरु, मेडिकलमा एमडी हुनेहरु , सुरक्षा निकायको उच्च तहमा पुग्ने नगरका व्यक्ति, विविध क्षेत्रमा पुगेका नगरका व्यक्तिहरु, साठी वर्ष पुरानो ऐतिहासिक काठको घर, पथरी शनिश्चरेका कलाकारहरु पथरीशनिश्चरे (जिरिखिन्तिका डम्बरकृष्ण श्रेष्ठ देशकै चर्चित पत्रकार) , खेलकुद क्षेत्रमा पथरी शनिश्चरेको इतिहास र वर्तमान, पर्यटन आकर्षण गर्दै नगरका सामुदायिक वन आफूलाई अब्बल महिला रेफ्री बनाउने अभियानमा जमुना विषयबस्तु उल्लेख छन् ।

यसैगरि, फुटबलमा इतिहास रच्दै पथरी शनिश्चरे , पथरीको सुरक्षा ( तुरुङदेखि इलाका प्रहरी कार्यालयसम्म, पथरीमा पटकपटक आगलागी, पथरी शनिश्चरेको पत्रकारिता विगत र वर्तमान, सामुदायिक वनहरु, नगरमा रहेका सहकारी संस्थाहरु, मोरङ हस्पिटल प्रालि, पथरी हस्पिटल प्रालि र दूरसञ्चार, पथरी शनिश्चरेको विकासमा कार्यरत बाह्य संघसंस्थाहरु , सिमसारको सहर बनाउने अभियानमा पथरीशनिश्चरे, पथरीको शान्ति वनमा बन्यो आकर्षक पार्क , नगरमा रहेका सालिक , कर्म खोज्दै धरान पत्रकार , पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरे सुनचाँदी व्यवसायी संघ , टिकटकले चर्चित बनेको नगरको सेल्फी रोड, यातायात व्यवसायी र संघसंस्थाहरु , पथरीशनिश्चरेमा धिमाल जातिको इतिहास, आफ्नै कार्यालय भवन भएका सहकारी संघसंस्थाहरु कार्यालय, पशु अस्पताल, स्थानीयवासीहरुद्वारा नगर अस्पताल, वडा तिलक बान्तवा स्मृतिग्रन्थ विमोचन, सपिङ कम्प्लेक्स निर्माणका लागि सम्झौता, पथरी खानेपानी उपभोक्ता समिति, फोटो फिचरहरु यस पुस्तकमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्