रतुवा – मावाको पाता फर्काउने चुनावी एजेन्डा अब सकियो : ओली


झापा, २१ फागुन । रतुवा र मावा नदीमा तटबन्ध बनाउछु भनेर भनी रहन पर्छ पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रश्न गर्दा झापा कमलबासीले भनी रहन पर्दैन भन्दै जवाफ दिए ।

दुबै नदीको दुई किनारमै आवश्यकताका आधारमा तटबन्ध निर्माण भइरहेको र अब बनाउछु भनेर भनी रहन नपर्ने अध्यक्ष ओलीले बताउनु भयो । रतुवा र मावा नदिमा पुल नभएका कारण आफू कयौंपटक पौडी खेलेर तरेको स्मरण गर्दै उहाले भन्नू भयो ” अहिले त जताततै पुल नै पुल वनेका छन ” कति पुल बनेका छन रतुवा मावामा भनेर उहाले जनतालाईनै प्रश्न गर्दा फरक फरक जवाफ आएपछी गन्नै नभ्याउने गरि बनेछन हैन त भन्दै प्रतिउत्तर दिनु भयो ।

रतुवा नदि नियन्त्रण र पुल निर्माण गर्न एमालेको सरकारले गर्ने बताउदै अब फेरि चुनाव मार्फत एमालेले बिकाशका काम अघी बढाउने उल्लेख गर्नु भयो ।
कमलस्थित खयरबारिमा रतुवा नदीका १९ स्थानमा हुने नदि नियन्त्रणको सिलान्यास कार्यक्रम पछि आयोजित कार्यक्रममा उहाले यस्तो बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्