विधानसम्मत निर्वाचित भएको हुँ : विनोद चौधरी

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफु पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औं महाधिवेशनमा निर्वाचित भएको बताउनुभएको छ । महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उहाँले प्रतिक्रिया दिनुभएको छ […]