एमाले कोशी प्रदेशको स्वास्थ्य विभागद्धारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण
विराटनगर, ११ कात्तिक – नेकपा एमाले कोशी प्रदेश कमिटी स्वास्थ्य तथा जनसंख्या विभागले आईतबार स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ । विभाग प्रमुख देवान राईको नेतृत्व गएको टोली कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईको ध्यानाकर्षण गराएको हो ।
एमालेले कोशी प्रदेशमा देखिएका र प्रदेशबासीले भोग्नुपरेका समग्र स्वास्थ समस्याहरुको समाधानका लागि २० बुद्धे ध्यानाकर्षण गराएको विभागका सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो ।