नकआउट फुटबल प्रतियोगितामा नव प्रतिभा र दम्का बुधेको सुरुवाती जित


कानेपोखरी, असोज ०५ । दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती खेलमा नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ ।

कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजक कालिकोसी युवा क्लब, कानेपोखरी ५ लाई १ का विरुद्ध ५ गोल गर्दै नव प्रगतिशील समाज सेवा क्लब कानेपोखरी ५ ले पहिलो जित हात पारेको हो ।

नव प्रगतिशीलका लागी खेलको पहिलो मिनेटमै प्रशान्त प्रधानले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसैगरी नवप्रतिभाले क्रमश खेलको ४ औं, ७ औं र १२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ४ -१ को अग्रता पुर्‍याएको थियो ।

दोश्रो हाफको १८ औं मिनेटमा कालिकोशीका लागि सुजन लिम्बूले पहिलो सान्तवना गोल फर्काए पनि खेलको अन्तिम समय ३४ औं मिनेट नवप्रगतिशीलले पाँचौ गोल गर्दै अग्रतालाई ५-१ पुर्‍याएर खेलको पहिलो जित निकालेको हो । पहिलो खेलबाट नवप्रगतिशीलका ह्याटि्रक गोलकर्ता बिक्रम लिम्बूले घोषित भए।

दोश्रो खेलमा क्याम्पसडाँडा फुटबल क्लबलाई दम्का बुधे फुटबल क्ल्बले ६-० गोल अन्तरले पछि पार्दै खेल जितेको छ । खेलको १२ औं मिनेटमा अदम मगरले पहिलो गोल गरेका थिए भने खेलको दोश्रो हाफको दोश्रो मिनेटमा निशान राईले दोश्रो गोल गर्दा पुनः तेस्रो मिनेटमा संयोग थापाले अर्को गोल थपे । निशाल राईले ८ औं मिनेटमा अर्को गोल थप्दा पाँचौ गोल भने पेनाल्टी मार्फत ९ औं मिनेटमा राइलेनै गरेका थिए । खेलको छैठौं गोल १५ औं मिनेटमा निशान राईले गर्दै ६ – ० को अग्रता सहित दम्का बुधेले खेल जितेको हो । दोश्रो खेलबाट म्यान अफ दि म्याच संयोग थापा घोषित भए ।

मोरङ, कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ । खेलको उद्घाटन कानेपोखरी ५ का वडाअध्यक्ष चरण गुरुङले गरेका थिए ।

प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।

प्रतियोगितामा केचना, योङ बोइज, २५ बिगे, आयोजक, विराटनगर, नव प्रतिभा युवा क्लब, मैनावारी, रमाइलो, दमक, चिसाङ, केराबारी, मातृभूमि युवा क्लब, बिहिवारे, बेलवारी र जहदा गरि १६ टिम सहभागी हुने भएका छन । साथै इन्ट्री-फि प्रत्येक टिमबाट ५ हजारका दरले लिने पनि आयोजलले जानकारी दिएको छ ।

खेल अवधीभरिबाट समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष भट्टराईले सुनाए । हरेक दिनको खेलबाट म्यान अफ दि म्याच पनि छनोट गरि पुरस्कृत गरिने पनि उनले बताए ।

 

प्रतियोगिताको आर्थिक खर्च करिब २ लाख ३४ अनुमान गरिएको छ जसमा मुख्य सहयोग कानेपोखरी गाउँपालिका कार्यालय र वडा नं. ५ ले गरेको छ भने प्रवास र स्थानीय स्तरमा रहेका सन्जिव सिंगक लिम्बू, ड्ब्लु लिम्बू, बिक्रम चौधरी, अनिल धिमाल, विशु राई लगायत समाजसेवी, स्थानीय बुद्धिजीवी, वैदेशिक रोजगारीमा रहनुभएका व्यक्तित्वहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजकले जानकारी दिए । खेल हरेक दिनको ठिक २ बजेबाट सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्