आफुखुसी उम्मेद्वारी घोषणा नगर्न एमाले उर्लाबारीको निर्देशन


उर्लाबारी, २६ माघ । नेकपा एमाले उर्लाबारीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आफुखुसी उम्मेद्वारी घोषणा नगर्न निर्देशन दिएको छ ।

एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले पार्टी पद्धति अनुसार उम्मेद्वारी चयन हुने बताउनुहुँदै आफुखुसी सामाजिक सञ्जाल र मिडियामा उम्मेद्वारी घोषणा नगर्न निर्देशन दिनुभएको हो ।

सरकारले स्थानीय तहको निर्वाचन मिती घोषणा गरेसँगै सामाजिक सञ्जाल र आफु निकट मिडियामा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएपछि एमाले उर्लाबारीले पक्रिया पुर्याएर उम्मेद्वारी चयन हुने भन्दै त्यसो नगर्न निर्देशन दिएको हो । आगामी स्थानीय तहको निर्वाचन परिचालनका विषयमा एमाले उर्लाबारीको बैठक चाँडै बस्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्