गोविन्दपुर स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्स रे सेवा सुरु


रतुवामाई, २५ माघ । मोरङको रतुवामाई नगरपालिका ५ मा रहेको गोविन्दपुर स्वास्थ्य चौकीमा आजबाट निशुल्क भिडियो एक्स रे (अल्ट्रा साउण्ड) सेवा सुरु भएको छ ।

विशेष गरी गर्भवती महिलाहरुको गर्भावास्थाको परिक्षण , गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी हुन,गर्भावस्थामा हुनसक्ने स्वास्थ्य सम्बन्धि समस्या एवं जटिलताहरुलाई समयमानै पहिचान गरि स्वास्थ्य अवस्था सुधार गर्न ,अपाङ्गता रोकथामका लागि र समग्रमा ग्रामिण भेगका बिपन्न विरामीहरुको स्वास्थ्य सेवामा पहुच पुर्याउन सो सेवा सुरु गरिएको हो ।

मातृ तथा शिशुको मृत्युदर कम गर्न मद्दत पुग्ने उद्देश्यले निशुल्क भिडियो एक्स रे सेवा सुरु गरिएको नगर प्रमुख रविन राईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्